image

राजेन्द्र लिङ्देन

अध्यक्ष

अध्यक्षको सन्देश

राष्ट्रिय प्रजातन्त्र पार्टी तपाई हामी हजारौं पार्टी सदस्यको अथक मिहिनेत र परिश्रमबाट हुर्काउदै, बढाउँदै ल्याएको तीन दशक लामो प्रजातान्त्रिक अनुभवले खारिएको नेपाल र नेपालीको एक मात्र गौरवशाली पार्टी हो । राप्रपा प्रजातन्त्र प्रति मन, वचन र कर्मले प्रतिबद्ध सु-स्पष्ट विचार र अलग पहिचान सहितको राजनीतिक दल हो । हरेक निर्णयमा पारदर्शिता, सहभागिता, जवाफदेहीता र पार्टीका प्रत्येक सदस्यले अपनत्व लिन सक्ने आन्तरिक लोकतन्त्रको अभ्यासले मात्र बलियो र दिगो लोकतन्त्र बनाउन मद्धत गर्नेछु भन्नेमा म स्पष्ट छु ।

संवैधानिक राजसंस्था, बहुदलीय प्रजातन्त्र, सनातन हिन्दु राष्ट्र, सुदृढ स्थानीय निकाय, अखण्ड नेपाल राप्रपाका हरेक कार्यकर्ताका जीवन्त सपना हुन् । आयातित लोकतान्त्रिक गणतन्त्रको घनले नेपाली समाजमा स्थापित मान्यताहरु माथि प्रहार भएको भएपनि राप्रपाका सदस्य, शुभचिन्तकको मिहिनेत, प्रयासबाट नेपाली समाजमा हाम्रा सपनाहरू पुनःजागृत भइरहेका छन् । ती सपनाहरूलाई जोगाउने, संगठित पार्ने, समृद्ध तुल्याउने र त्यसका लागि आन्दोलनको आधारभूमि तयार गर्ने हिम्मत अब हामीले गर्नैपर्छ, समयले हामीसँग यसकै माग गरिरहेको छ । व्यवस्था नबदली जनताको अवस्था बदल्न सकिदैंन भन्नेमा राप्रपा स्पष्ट छ । तसर्थ राप्रपाका मुद्धा स्थापनार्थ दलहरूबीच सहकार्य, मोर्चा वा एकता गर्दै सुद्धढ र एकीकृत शक्ति निर्माण गर्न म सबैलाई आव्हान गर्दछु । राप्रपाको उन्नति, प्रगति देख्न चाहनु भएका शुभेच्छुक, शुभचिन्तकलाई पार्टीको सदस्यता बन्न अनुरोध गर्दै सदा झै सहयोग र सदभावको अपेक्षा राखेको छु । अन्त्यमा, भ्रष्टाचार गरेर खानु आमाको...

थप पढ्नुहोस्