प्रेस विज्ञप्ति (२०८० माघ ४)

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीले सञ्चालन गर्ने बृहद आन्दोलन मूल समितिको सदस्य सचिवमा पार्टीका प्रवक्ता, प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई मनोनयन गर्नुभएको छ। शाहीलाई आन्दोलन मूल समितिका संयोजक, अध्यक्ष राजेन्द्र लिङ्देनको प्रत्यक्ष नेतृत्व र निर्देशनमा रहि कार्य गर्न तथा आन्दोलनका लागि गठित विभिन्न समितिसंग समन्वय गर्ने जिम्मेवारी प्रदान गरिएको छ ।